Skip to main content

Loksamarpan

२०८३ असार २८ गते आईतवार
२०८३ असार २८ गते आईतवार

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने खिमबहादुर बिक भदौ २४ गते जेल तोडेर भागेका थिए ।

तर, खिमबहादुरले असोज ११ गते बुलेका ८ बजेतिर रानी जरुवाका एक जना ५३ बर्षीय ब्यक्तिमाथि ज्यान लिने उदेश्यले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।

पीडितले असोज १३ गते खिमबहादुर बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरे पछि प्रहरीले सोही दिन नै जिल्ला अदालत घोराहीबाट खिमबहादुरका बिरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार खिमबहादुरको खोजी गर्ने क्रममा उनी असोज १८ गते बेलुकी बिकट मानिने दंगीशरण गाउँपालिका – २ सातखुटी गाउँबाट पक्राउ परेका हुन ।

प्रहरी नियन्त्रणमा रहेका खिमबहादुर माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । साभार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.