जीवन घिसिङ,खानीखाेला काभ्रेपलाञ्चाेक

कार्तिक पूर्णिमाको अवसरमा खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। काभ्रेपलान्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नं. ४ रिओताल गुम्बा प्राङ्गणमा कार्तिक १८ गते साँझ ६:०० बजे फापरे सेलो गायक फूलकुमार बम्जन,गायक विश्व दोङ एवम् ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको सहभागितामा उक्त कार्यक्रम हुन लागेको मेला व्यवस्थापन मूल आयोजक समितिले जनाएको छ।