Loksamarpan

२०८३ जेष्ठ १३ गते बुधबार
२०८३ जेष्ठ १३ गते बुधबार

राजावादी, संसदवादी र देशको भविष्य

१) नेपाल देश नरहन पनि सक्छ ?

प्रा।चैतन्य मिश्रको (समाजशास्त्री) एउटा अन्तर्वाता पढेको थिएँ ‘नेपाल देश नरहन पनि सक्छ १’ त्यसका कारण दिँदै उनले भनेका छन् ‘हामी विश्वसँग जोडिएको हुनाले विश्व–प्रवाहले र चीन र भारतमा जे हुन्छ, त्यसले हामीलाई ठूलो असर गर्छ । भन्न सकिन्न–नेपाल भन्ने देश नै रहन्छ कि रहँदैन ?’ उनको भनाईमा विश्वमा ठूला उथलपुथल हुन्छन्, छिमेकमा के के हुन्छ, त्यसलाई बुझेर मुलुकलाई उपयोगी हुने कदम चाल्न सके मात्र देश बाच्न सक्छ ।’

अमेरिकामा जातिवाद चर्को छ । ट्रम्पको उदयपछि गोराहरुको बोलबाला झनै बढेको छ, त्यसले बुर्जुवा लोकतन्त्र पनि मार्दैछ । भारतमा मोदीको उदयपछि हिन्दुत्वको नाममा त्यहाँ दलित र मुसलमानमाथि चर्को आक्रमण भइरहेकोछ । त्यसले पनि गान्धीको लोकतन्त्र मार्दैछ। अमेरिकी र भारतीय राजनीतिक घटनाहरुको प्रभाव नेपालमा नपर्ने कुरै भएन । नेपाल नयाँ देश हो, पृथ्वीनारायणको हिन्दुत्वमिशनले अन्य जाति,धर्म,भाषा र क्षेत्रलाई दमन गरेको कारणले राष्ट्रिय एकता हुन नसकेको देश हो र कहिले अंग्रेजी साम्राज्यवादको त कहिले भारतीयविस्तारवादको दलाली गरेर चलेको देश हो । खासमा स्वाभिमान नभएकाहरुले चलाउँदै आएको अबिकसित देश हो,नेपाल १ बिश्व ठूलो उथलपुथलको आँधिमा लपेटिने संभावना बढ्दैछ । कुशल माँझी नहुँदा हाम्रो डुङगाले किनारा नभेट्टाउन सक्छ १ सरकारमा बसेका संसदवादीहरुले त साम्राज्यवादीहरुका (र विस्तारवादी) दलाली गर्दै आएको अबस्थामा अहिले पुनः पुराना(यगत मबतभम) दलाल भारतको उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथ योगीको झोला बोकेर सडकमा आएकोछ । भारतले यो पुरानो (पुनरुत्थानवादी) दलाललाई किन उचालेकोछ ? यो गम्भीर सोचनीय बिषय हो । हामी राष्ट्रिय स्वाभिमानका पक्षधरहरु–क्रान्तिकारीहरु गम्भीर बन्नु पर्दछ ।

२) यथास्थितिमा देश चल्दैन । यथास्थितिमा देश नचलेपछि कि कसैले अघि बढाउँछ कि त कसैले पछि फर्काउँछ । ३) बर्षदेखि सरकारमा बस्दै–पस्दै आएकाहरुले नै यथास्थितिमा देश नचल्ने घोषणा गरेका छन् र संविधान संशोधन गर्ने हल्ला गर्दैछन् । यही ‘धमिलो पानीमा माछा मार्न’ विदेशी बल्छी बोकेर राजावादीहरु तम्सेकाछन् ।

सत्तामा बसेकाहरु जनतालाई सुशासन, विकास र समृद्धि दिनुको सट्टा भ्रष्टाचारमा चुर्लुम्म डुबे । हाम्रो देश पहिलेदेखि नै भ्रष्टचारमा लिप्त भनी चिनिएको हो । अहिले त झनै ठूला र संस्थागत राजानीतिक भ्रष्टाचारहरु भएका छन् । ललिता निबास जग्गा प्रकरण, गिरिबन्धु टि।स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, ६) के।जी।सुन काण्ड, वाइड बडी हवाई जहाज काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, ओम्नी ग्रुप मेडिकल सप्लाई काण्ड, सहकारी–लघुवित्त–मिटर ब्याज ठगी काण्ड, आदि जसमा संसदका नेताहरु नै सम्लग्न छन्, सरकारमा बसेकाहरु वटै भएका संस्थागत भ्रष्टाचारहरु हुन ।

राजनीतिक भ्रष्टाचार भनेको राज्यको कोषमा दाखिला हुनु पर्ने राज्यको सम्पत्तिको दुरुपयोग गरी नेताहरुको व्यक्तिगत कोषमा जम्मा गरिनु हो । यो विकास विरोधी र जनतामारा हर्कत हो । भ्रष्टाचारकै कारण ट्रान्सपरेन्सी इन्टरनेश्नलको माघ २८,२)८१ मा सार्वजनिक गरिएको सन् २)२४को ‘भ्रष्टाचार अवधारणा सूचकांक (ऋएक्ष्)’मा नेपाल भ्रष्टमुलुकहरुमध्य एक मानिएकोछ । सर्वेक्षणमा समेटिएका १८) देशको औसत अंक ४३ रहेकोछ भने नेपालले ३४ अंक मात्र प्राप्त गरेकोछ ।

नेपाल ग्रे–लिस्टमा पनि पर्नेवालाछ । देशभित्र कमजोर सुशासन, भ्रष्टाचार,विकासनिर्माणको काम अधुरो रहने (ढिला–सुस्ती), विचौलियाको हालीमुहाली, प्रधानमन्त्री,मन्त्रीहरुको सम्पत्र् िविवरण सार्बजनिक नहुनु (भए पनि लुकाउनु),आदि कारणले गर्दा ‘सम्पत्र् िशुद्धिकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था ँष्लबलअष्ब िब्अतष्यल त्बकप ँयचअभ (ँब्त्ँ)ले नेपाललाई नकरात्मक सूचिमा (ग्रे–लिस्ट) राख्नु पर्ने जानकारी दिएकोछ ।

३) राज्य विकास विरोधीछ । एक पटक प्रसिद्ध अर्थशास्त्री किन्सले भनेका थिए ‘सत्तामा रहेका बहुलट्ठी’ । नेपालका सत्ताका बहुलट्ठीको कारण २)८१ साल माघ मसान्त सम्ममा कुल सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब पुगेकोछ जस्मा विदेशी ऋणको दायित्व १३ खर्ब २८ अर्बछ । यो भनेको कुल सार्वजनिक ऋणको ५१ प््रतिशत हो ।

सरकारको आयको मूल श्रोत राजश्व हो । विकास–निर्माणको आवश्यकता पूर्ति गर्न राजश्व अपुग भएपछि सरकारले विदेशी ऋण र अनुदान उठाउने गर्दछ । तर आ।व।२)७२ यता २)८) सम्म विदेशी ऋण २३।२) प्रतिशतले थपिंदै आउँदा पुँजीगत (विकास–निर्माण) खर्चको औसत वृद्धिदर १४।४४ प्रतिशतमा सीमित रहेकोछ । विदेशी ऋणको उपयोग विकास–निर्माणमा केन्द्रित नहुँदा पुँजीगत खर्च कम हुन गई प्रतिफल पनि कम हुनु स्वभाविक हुन्छ । विदेशी ऋणको भार कम गर्ने यो बहुलट्ठी राज्यसँग ठोस कार्यक्रम छैन र हुने कुरै भएन ।

४) ज्ञान मर्दछ हाँसेर,रोइ विज्ञान मर्दछ । विकास हाम्रो समाजको पुनःसंरचनासँग जोडिनु पर्दछ । पृथ्वीनारायण शाहले बनाएको भिजन, त्यसपछि राणाशासन र पञ्चायतसम्म यो देश चलाउनेहरुले यस मुलुकलाई वर्गीय तथा सामाजिक असमान बनाउन ठूलो योगदान गरेकाछन् । दिव्योपदेशमा पृथ्वीनारायणले यो मुलुक आफ्ना बफदार सन्तान, दरसन्तान र गोरखाली उच्च जातकाले चलाउन भन्ने चाहेको देखिन्छ । भेदभावको जातीय र सामाजिक रंग इतिहास पढ्दा र १(१)को मुलुकी ऐन हेर्दा स्पष्टै देखिन्छ । २))७ साल पछि पनि पञ्चायतले ‘एक जाति–एक देश,एक भेष’को अभियान नै चलायो । लामो समयसम्म सामन्ती अर्थब्यवस्था रहँदा विश्वमा भएको ‘प्रविधि र विकास’लाई ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भनेर बेतुकका कुरा गरेर दुत्कारियो । त्यसपछिका बहुदलीय संसदका नयाँ राजाहरुले पनि विदेशी ऋणको भार थपेकोछ, ब्यापार घाटा बढाएकोछ, बाँदर पालेर कृषि–तवाह गरेकोछ, उद्योग–धन्दा रुग्ण अवस्थामा राखेकोछ, गरिबका छोराछोरीले विदेशमा पसिना चुहाएर पठाएको विप्रेषणले देश धानिएकोछ । यो गैर जिम्मेवार संसद र सरकार प्रति जनता चिढिनु स्वभाविक छ । तर गज्जबको कुरो के छ भने हिजो बेतुकका कुरा गर्नेले आजका बेतुकका काम गर्नेलाई धारेहात लगाएकोछ । संसदीय (एक नश्लनबादी) राजाहरुले भएन,सकेन,पुनः पुरानै एक दलीय निरंकुश (एक नश्लवादी) राजाको माग गरेका छन् ।

५) देशको भविष्य ः राजनीति र धर्म–पहिचान मिसिन दिनु हुँदैन । धर्म–पहिचान ब्यक्तिगत आस्था र मान्यताको कुरो हो । राज्य धर्म–निरपेक्ष रहेर जनताका यो ब्यक्तिगत आस्था र मान्यताको रक्षा गरिनु पर्दछ । यो सिद्धान्त सामाजिक सद्दभाव,राष्ट्रिय–एकता र बहुराष्ट्रिय–राज्यको अर्थ–राजनीतिक उन्नतिका लागि पनि महत्वपूर्ण छ । तर राजनीतिले एक धर्म–पहिचानको आड लिंदा सामाजिक सद्भाव खल्बलिन गई अन्ततः दीर्घकालीन रुपमा सामाजिक फाटो र विकास ओराले झर्छ । भारतमा भाजपाको सरकार बनेपछि मुस्लिम, दलित र अन्य अल्पसंख्यक समुदायप्रति जुन असहिष्ण्ुता देखाएको छ, त्यसले सामाजिक सद्भावना खलल पार्दैछ, यो भारतको भविष्यको लागि राम्रो संकेत होइन । भाजपालाई त्यतिले नपुगेर नेपालमा पनि ‘हिन्दुत्व’को दवाब बढाएकोछ, । भाजपाको आर्शिवाद लिएर यहाँका हिन्दुत्ववादी र पूर्व राजा ज्ञानेन्द्र नेपाललाई हिन्दुराज्य बनाउन लागि परेकाछन् । राजावादीको हालैका जुलुसहरुमा भारतका यु।पी।का मुख्यमंत्री आदित्यनाथको फोटो प्रदर्शन गरिएकोबाट यो कुरा प्रष्ट देखिन्छ ।

भाजपाले हिन्दु धर्मलाई संसदीय निर्वाचनको अस्त्र बनाएकोछ, नेपालका पनि राप्रपाको पुरै पार्टी र कांग्रेस र एमालेको केही नेताहरु खुलेरै ‘हिन्दुत्व’लाई निर्वाचनको अस्त्र बनाउन खोज्दैछन् । के।पी।ओलीले प्रधानमंत्रीको ताकत देखाएर राष्ट्र बैंकबाट ३१ करोड निकालेर पशुपतिमा सूनको जलहरी चढाएको र चितवनको ठोरीमा राममंदिर बनाएको थियो भने प्रचण्ड कहिले भैसी पुजा र कहिले गेरु बस्त्र धारण गरेर भारतका जोगीको खुट्टा ढोग्दै हिडेको थियो । तर राजाबादीहरुले जित्यो बाजी १ त्यो के भने कांग्रेस, एमाले, मा।के। आदिले मोदीको फोटो नै बोकेर हिड्न सकेका थिएनन्, राप्रपाले त्यो पनि गरेर देखाईदिए–आदित्यनाथको फोटो प्रदर्शन गरेर । तर यसलाई हल्का विषय मान्नु हुँदैन । जुन पार्टीहरु देश र जनताको स्वाभिमान र सम्मुन्नतिकोबाटो हिड्न विर्सेर आफ्नो र आफ्नो संस्थाको हितको लागि जे गर्न पनि तयार हुन्छन्, त्यसले गर्ने भाडभैलोबाट यो मुलुककको भविष्य निर्धारण हुन्छ र हुँदैछ । संसदीय ब्यवस्था आफै पनि भ्रष्टाचारी ब्यवस्था हो, विचारले नभएर पैसा र डनले चलाउने ब्यवस्था हो । त्यसमाथि पनि राजावादीले भने जस्तो एक धर्मको राज्य र एक नश्लको (ब्उबचतजबष्म) शासन हुने हो भने त्यसले प्रा।चैतन्यको भनाईलाई पुष्टि गर्नेछ ‘‘भन्न सकिन्न नेपाल भन्ने देश नै रहन्छ कि रहँदैन १’’

६) के गर्ने ? संसदवादी ठूला दलहरुले अप्रत्यक्ष रुपमा मुलुकलाई पछि फर्काउने कामगर्दै आएका हुन । संविधानमा “धर्मनिरपेक्ष”को गलत ब्याख्या गरेर, समानुपातिक प्रतिनिधित्वलाई उल्ट्याएर र आरक्षणलाई निषेध गरेर यो काम गरेका हुन । विदेशी दबावमा यिनीहरु संविधानमा टाँसेको नाममात्रको ‘धर्मनिरपेक्ष’ भन्ने टालो पनि हटाउन संविधान संशोधन गर्न लागेका थिए । तर भाजपालाई यिनीहरुको काम गराई ढिलो भएको र अपूर्ण पनि भएको लाग्न सक्छ । तसर्थ राप्रपालाई उचालेर मुलुकलाई १८ औं शताब्दीतिर फर्काउने प्रयास स्वरुप गरिएको यो कार्य हो । महाकालीको शीरभाग जमिन भारतलाई दिएर राजा महेन्द्रले पंचायतसँग साटेको थियो, नेपाली जनताको आन्दोलनको दबावमा संसदले त्यसलाई नेपालको चुच्चे नक्साभित्र पारेको थियो (यद्यपि त्यसलाई अन्तर्राष्ट्रियकरण गरिएन)। तसर्थ पनि भारतले यो खेल खेल्न थालेको देखिन्छ । ट्रम्प सत्तामा आएपछि अमेरिका पछि हटेको बर्तमान अवस्थामा भारतले यथास्थितिवादी र पुर्नउत्थानवादी बीच झगडा चर्काएर ठूलै उपलब्धि हात पार्न खोजेको हुन सक्छ । जे होस, परिस्थितिको गम्भीरतालाई बुझेर जनगणतन्त्रवादीहरु सडकमा आउनु आवश्यक छ र साथै लोकतान्त्रिक गणतन्त्रवादीहरुलाई पनि सडकमा ल्याएर पुनरुत्थानवादी तत्वहरुलाई एकल्याएर विदेशी स्वार्थ पुरा हुन नदिने कोशिश गरिनु पर्छ । श्रीलंका, पाकिस्तान, वंगलादेश र म्यानमारको घटनाहरुबाट क्रान्तिकारीहरुले पाठ सिक्नु जरुरीछ । विषय गम्भीर बन्दैछ । गम्भीर भएरै जवाफदेहीता दिन सक्नु पर्दछ ।

आज हाम्रो देशमा तीन शक्तिहरु–पुनरुत्थानवादी,यथास्तिवादी र क्रान्तिकारी–राजनीतिक मैदानमा देखिएका छन् । पुनरुत्थानवादी र यथास्थितिवादी दुबै शक्तिहरु भ्रष्ट–दलाल र दूर्नाम कमाएका शक्तिहरु हुन । तर पनि पुनरुत्थानवादी प्रतिक्रान्तिकारी शक्ति हो र सडेको राजतन्त्र र एकल धर्मको (हिन्दुत्व) राज्य फर्काउन चाहन्छन् । यथास्थितिवादी शक्तिहरु त्यसका तुलनामा प्रगतिवादी शक्तिहरु हुन । तसर्थ क्रान्तिकारीहरुको कार्यभार पुनरुत्थानवादी तत्वहरुलाई एकल्याएर हिर्काउने हुनु पर्दछ । शत्रूलाई एकल्याउ वा फुटाउको राजनीतिक कार्यनीतिलाई कार्यन्वयन गर्नु सक्नु राष्ट्रियता र जनताको पक्षमा हुनेछ ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.