नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न काठमाडौंंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो। अहिलेको सरकारले सबैलाई र जेन–जी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ।

नेकपाले चुनावमा भाग लिने, तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ। ‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर, सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ,’ नेकपाले भनेको छ, ‘जबर्जस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।