लोक समर्पण संवाददाता….

काभ्रे । कवि मुरहरि रायमाझीको ‘गाउँ बिरानो भयो’ लोकार्पण गरिएको छ । उक्त पुस्तक प्रगतिशील लेखक संघको एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको हो । शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।
साहित्यकार रायमाझीको यसअघि दुई गजल संग्रह र एक कविता संग्रह प्रकाशित छ । कविता संग्रह ‘गाउँ बिरानो भयो’ मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् । साथै सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुक्त कविता संग्रह पनि सार्वजनिक गरियो ।