ज्ञान बहादुर सिँजाली-वडा अध्यक्ष,घ्याङलेख गाउँपालिका-४,सिन्धुली

वडा अध्यक्ष भएपछि तपाईंले चुनावी घोषणपत्रमा उल्लेखित वाचाहरु पूरा गर्नुभयो त?
–ठूलो वाचा गरिएको थिएन । ठूलै चमत्कार गर्न त सकिन्न तर समुदायको शीर झुक्न दिन्न भनेको थिएँ । वडा अध्यक्षको प्रतिवद्धता ठूलो नहुने रहेछ । गुणस्तरीय सेवा दिने रहेछ । सबैलाई समन्वय गरेर काम गर्ने निकाय रहेछ । त्यति ठूलो प्रतिवद्धता नभएकाले र सर्भिस डेलिभरी जतिसक्दो राम्रो होस् भनेर गरिरहेको छु । सबै जनालाई चित्त बुझाएर लान र भनेको जस्तो काम पनि गर्न नसकिने रहेछ । आप्mनो कर्तव्य र अधिकार बमोजिम जिम्मेवारी पूरा गरिरहेको छु ।
तपाईंको वडामा देखिएका समस्याहरु के के छन् ? त्यो समस्या समाधान गर्न तपाईंले गर्नुभएको पहल?
–समस्या त धेरै छन् । त्यसमा पनि मुख्य समस्या भन्ने हुन्छ । यहाँको जनताको मुख्य चाहना भनेको विजुलीबत्ती,खानेपानी,सडक,शिक्षा र स्वास्थ्य नै हो । शिक्षा र स्वास्थ्यको समस्याको समाधानको लागि केन्द्रिय सरकारको नीति र निर्देशन फलो गर्नु हो । मुख्य त अहिले विजुली वत्तीको काम विद्युतीयकरणको काम तिब्र गतिमा भैरहेको छ । मौसमले साथ दिए जेठ र असोज कार्तिक सम्ममा बत्ती बली सक्छ । सडक सञ्जालमा १९ ÷२० वटा शाखा भएको छ । मुख्य सडकको प्रदेश र संघसँग सहकार्यमा भै रहेको छ । शिक्षाका सन्दर्भमा १० वटा विद्यालयमा विद्यार्थी नभएका कारणले एउटा मर्ज भयो । ९ वटा विद्यालयमा वडाबाट विनियोजन हुने बजेटको २५ देखि ३० प्रतिशतसम्म विनियोजन भएको छ । सामुदायिक विद्युत विस्तार कार्यक्रम अन्तर्गत ठेकेदारले ५ वर्षमा पनि काम नभएकाले विशेष पहल गरेर ठेक्का रद्द गरी नेपाल विद्युत प्राधिकरणलाई दिइएको छ,काम भै रहेको छ । राङ्चा एरियामा लाइन विस्तार भै रहको छ अन्य ठाउँमा काम भैरहेको छ ।
जनप्रतिनिध र कर्मचारीबीच सम्बन्ध चिसिरहेको र कतिपया ठाउँमा चाहिँ हातपात नै भैरहेको अवस्थामा तपाईँले कसरी लिनुभएको छ ?
–आप्mनो जिम्मेवारी,अधिकार क्षेत्र र आफू को हुँ भन्ने कुरा जनप्रतिनिधि र कर्मचारीले बुझेर जाने हो भने अलि अलि आउने यस्ता समस्याहरु सौहार्दापूर्ण ढंगले हल हुन्छ । कर्मचारीहरु मलाई एउटै परिवारको जस्तो ठान्छु । सद्भावको साथ काम भैरहेको छ । उहाँहरुले गुनासो गर्ने अवस्था छैन । जनप्रतिनिधिहरुले मेरो भूमिका के हो ? मैले के गर्नुपर्छ ? कसैलाई आदेश दिएर आदेशात्मक ढंगले काम गर्छु भन्ने बुभ्mयो भने मैले भनेको मात्र ठीक भन्यो भने सम्बन्ध चिसो हुन्छ । र सचिवले पनि म स्थायी कर्मचारी म व्यूरोक्रेसी हो, यो जनप्रतिनिधि दुई चार वर्षको लागि त हो नि भन्ने गलत ढंगले बुभ्mयो र घमण्ड गर्यो भने समस्या आउँछ । कर्मचारीलाई मिलाउने सबभन्दा जिम्मेवारी वडा अध्यक्षको हुँदो रहेछ । कर्मचारी कुन आस्थाको हो भन्ने मलाई कल्पना नै हुन्न । आफूमा संर्कीण सोँच भएन भने त्यस्तो समस्या आउँदैन ।
तपाईंको ५ वर्षे कार्यकालमा चुनावी घोषणपत्रको संकल्प पूरा होलान् त ?
–संकल्प पूरा हुन त सब भन्दा मुख्य कुरा बजेट आउनुपर्ने रहेछ । स्रोत साधन छ भने पूरा हुने रहेछ । जबसम्म समाज रही रहन्छ मानिसका इच्छा,आकांक्षा भइ नै रहन्छ । तै पनि सोँचे अनुसार सम्पन्न नहुने रहेछ । विद्युतीकरणको काम पूरा हुन्छ । एउटा काम पूरा गर्दै गयो अर्को विग्रदै जाँदो रहेछ । जे सोँचेको थिएँ,त्यो चाहिँ पूरा गर्न नसकिने रहेछ ।
अन्त्यमा वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
–सर्वप्रथम त मलाई माया गरेर यहाँसम्म वडा अध्यक्षमा निर्वाचित गराउनुभयो । उहाँहरुको ठूलो आकांक्षा र विश्वासका साथ त्यो आकांक्षा मैले कतिपय पूरा गर्न सकिएन होला तर उहाँहरु प्रति वडावासी प्रति मेरो सद्भाव छ । सबै राजनीतिक दलका प्रतिनिधिहरु,बुद्धिजीवि, शिक्षक,किसान मजदुर सबैले मलाई मायाँ गर्नु भएको छ । मेरो काममा सहयोग गर्नुभएको छ । विकास वडा अध्यक्षले गर्ने होइन,समुदायले गर्ने रहेछ । वडा अध्यक्षले समन्वय गर्ने, समस्या टिपोट गर्ने,यहाँको समस्या माथिल्लो निकायमा पठाउने , कार्यक्रमहरु तल्ल्लो तहसम्म प्रवाह गर्ने, कसैको जातिको रुपमा,आस्थाको रुपमा,क्षेत्रको रुपमा उपेक्ष नगरी वडा अध्यक्षले काम गर्नुपर्ने रहेछ । अपेक्षा त वडावासीको ठूलो थियो । म शिक्षण पेशा छाडेर यो पदमा आएपछि केही गर्छ भन्ने आशा राख्नुभएको थियो । त्यो अपेक्षा पूरा गर्न नसकेकोमा क्षमाप्राथी छु । अहिले सम्मको यात्रामा विभिन्न ढंगले सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद । फेरि पनि आउँदा दिनहरुमा समीक्षा गर्दै वडा नं.५ को प्रगति,उन्नतिको लागि सबै वडावासीहरुलाई एकताबद्ध भई अगाडि जाऔँ, उहाँहरुको सुख,समुन्नति र समृद्धिको कामना सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
लाेक समर्पण त्रैमासिकमा प्रकाशित अङ्क २ वर्ष २ २०८१ माघ-चैत्र